नेपालको केन्या भ्रमण : ज्ञानेन्द्रको पुनरागमन पछि टिममा आत्मविश्वास
त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्मका परीक्षा जारी राख्ने निर्णय गरेको छ। त्रिविले अहिले सञ्चालनमा रहेका परीक्षा स्थगित नगर्ने निर्णय गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘भदौ ५ गतेसम्म सञ्चालन गर्ने भनेका पूर्वनिर्धारित परीक्षाहरू रोकिँदैनन्, निरन्तर चल्छ। पूर्वनिर्धारित परीक्षाहरू गर्ने र अब नयाँ गर्ने परीक्षाबारे के गर्ने भन्ने पछि बैठक बसेर निणर्य गर्छौं।’ त्रिविलाई परीक्षा स्थगित गर्न चौतर्फी रुपमा दवाव आएपनि अहिले सञ्चालनमा रहेका परीक्षामा विद्यार्थी संख्या कम भएकाले स्थगित गर्न नसकिने जनाएको हो।
उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ राख्न गृहकार्य सुरुआत गरेको छ । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ । नगरप्रमुख घनश्याम गिरीले भने, ‘काठमाडौँ उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ । प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?’
ताजा समाचार